प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
फाल्गुण २०७९
पत्रकारसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
२०७९-११-२९

मिति २०७९।११।२९ गते यस लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पत्रकारहरुसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा छापा, रेडियो, टेलिभिजन, अनलाईन मिडियामा कार्यरत १८ जना संचारकर्मीहरु लगायत यस कार्यालयका प्र.ना.म.नि. टेक प्रसाद राई ज्यू, प्र.ब.उ. दिपक कुमार बस्नेत ज्यूका साथै अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले समयमै सूचना प्रवाहलाई जोड दिनु पर्ने कुरा राख्नु भयो भने प्र.ना.म.नि. ज्यूले सूचना प्रवाहमा देखिएका समस्यालाई समाधान गरी समयमै सूचना प्रवाह गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भयो ।       

गण्डक नहरमा हाम फाली मृत्यु
२०७९-११-०९

जिल्ला नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-२ हरकपुरा स्थित रहेको गण्डक नहरमा ऐ.२ महलबारी बस्ने तिर्थराम थारुको श्रीमती बर्ष अन्दाजी २९ कि (मानसिक सन्तुलन ठिक नभएको)  प्रतिमा थारुले आफ्नो दुई छोरा बर्ष ९ को क्रिश थारु र बर्ष ७ सुमित थारुलाई समेत साथमा लिई पानीमा हाम फाली  बेपत्ता भएको भन्ने खबर स्थानिय मार्फत प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गएको, स्थानीय र प्रहरीको सक्रियतामा खोज तलास गर्दा तिनै जनाको शव मृत अवस्थामा फेला पारी आवश्यक कार्य भईरहेको ।नोट:- निजको श्रीमान रोजगारीको शिलशिलामा भारत रहेको घरमा सासु दुई छोरा र निज महिला रहेको  ।

कार्य योजनाहरु निर्माण गरी भिडियो कन्फरेन्स मार्फत कार्यान्वयनमा ल्याईयो ।
२०७९-११-०४

फागुन -०४, दाङलुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फरेन्स मार्फत छलफल तथा अन्तरक्रिया एवं निर्देशन गर्नु भयो । प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा छलफल तथा अन्तरक्रिया गरी लुम्बिनी प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई थप चुष्तदुरुष्त बनाउन साथै यस कार्यालयले निर्माण गरेको सीमा तस्करी नियन्त्रण सम्बन्धी कार्य योजना २०७९, फैसला कार्यान्वयन कार्य योजना २०७९, लागू औषध नियन्त्रण कार्य योजना २०७९, आत्महत्या अपराध नियन्त्रण कार्य योजना २०७९ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले निर्माण गरेको सड्क दुर्घटना न्यूनिकरण सम्बन्धी कार्य योजना प्रदेश प्रहरी प्रमुख राईद्वारा उक्त भिडियो कन्फरेन्स मार्फत कार्यान्वयनमा ल्याईयो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, लुम्बिनी प्रदेश प्रहरी गण, खजुरा बाँके, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासी पश्चिम लगायत १२ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालय अन्तर्गत भईरहेका विभिन्न गतिविधिहरु लगायतका विषयमा प्रहरी नायव महानिरीक्षक राईलाई जानकारी गराउनु भएको थियो । भिडियो कन्फरेन्समा सहभागी प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक राईले समयानुसार आईपर्ने जस्तोसुकै विषम परिस्थितिहरुको सामना गर्न प्रहरी सदैव तयारी अवस्थामा रहनुपर्ने बताउँदै जिल्लाहरुमा हुनसक्ने सम्भावित घटनाहरुलाई रोक्न अन्य सरोकारवाला निकायहरुसंग समन्वय गर्दै आवश्यक श्रोत साधन र पर्याप्त मात्रामा प्रहरी जनशक्ति परिचालन गर्न समेत निर्देशन गर्नुभएको छ ।